sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

विश्वकप : पोर्चुगलको विजयी शुरुवात

Nimb long ad
Prabhu Insurance Long Ad

उपाधि दाबेदार पोर्चुगलले कतार विश्वकप फुटबलमा विजयी शुरुवात गरेको छ । स्टेडियम ९७४ मा बिहीबार राति भएको खेलमा घानालाई ३~२ गोल अन्तरले हराउँदै पोर्चुगलले सुखद शुरुवात गरेको हो ।

खेलको ६५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । यस गोलसँगै रोनाल्डोले लगातार पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाए ।

खेलको ७३ औं मिनेटमा आन्द्रे एयुले गोल गर्दै घानालाई १(१ गोलको बराबरीमा ल्याए । ७८ औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै पोर्चुगललाई २(१ को अग्रता दिलाए ।

खेलको ८० औं मिनेटमा राफायल लियोले गोल गरेपछि पोर्चुगल ३~१ ले अघि रह्यो । त्यसपछि खेलको ८९ औं मिनेटमा घानामा ओस्मान बुकारीले गोल गरेपनि पोर्चुगल ३(२ ले विजयी भयो ।

यस जितसँगै समूह ‘एच’ को पोर्चुगलले पहिलो खेलमा ३ अंक जोडेको छ । पोर्चुगल समूहको शीर्ष स्थानमा रहेको छ । पुछारमा रहेको घानाले भने हारबाट विश्वकपको शुरुवात गरेको छ ।

prabhu bank
nawakantipur long