stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेदरल्याण्डसले सेनेगललाई २–० गोल अन्तरले पराजित

Nimb long ad
Prabhu Insurance Long Ad

कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा नेदरल्यान्ड्सले सेनेगललाई पराजित गरेको छ ।

कतारको दोहास्थित अल थुमामा स्टेडियममा आज राति सम्पन्न खेलमा नेदरल्याण्डसले सेनेगललाई २–० गोल अन्तरले पराजित गरेको हो । नेदरल्यान्ड्सको जितमा कोडी गाक्पो र डाभी क्लासेनले एकरएक गोल गरे ।

नेदरल्यान्ड्सले दुबै गोल खेलको दोस्रो हाफमा ग¥यो । खेलको ८४औं मिनेटमा गाक्पोले फ्रान्की डी जोङको पासमा हेड मार्फत् उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए ।

खेलको दोस्रो हाफको अतिरिक्त समयमा क्लासेनले गोल गर्दै नेदरल्यान्ड्सको जित सुनिश्चित गरेका थिए ।

जितसँगै नेदरल्यान्ड्सले ३ अंक जोडेको छ । आज राति १२ः४५ बजे कतारको अल अहमद रङ्गाशालामा वेल्स र अमेरिकाबीचको प्रतिस्पर्धा हुँदैछ ।

prabhu mahalaxmi
kumari