sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

Nimb long ad
Prabhu Insurance Long Ad

मनाङ । मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी हुनुभएको छ । गुरुङले उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले) का पोल्देन छोपाङ गुरुङलाई तीन सय २८ मतले पराजित गर्नुभयो ।

कांग्रेसका गुरुङले दुई हजार पाँच सय ७५ मत प्राप्त गर्नुभयो भने एमालेका उम्मेदवार गुरुङले दुई हजार दुई सय ४७ मत प्राप्त गर्नुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य गुरुङ मनाङ कांग्रेसको पूर्व सभापति हुनुहुन्छ । उहाँ पूर्व श्रम राज्यमन्त्री हुनुहुन्छ ।

साथै,  राष्ट्रिय स्वतन्त्र  पार्टीका मुख्या गुरुङले ५ मत प्राप्त गर्नुभएको छ भने १९ मत बदर भएको छ । त्यसैगरी मनाङ प्रदेशसभा १ मा नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित हुनुभएको छ । प्रदेशसभा २ मा यसअघि नै स्वतन्त्र उम्मेदवार राजिव गुरुङ (दीपक मनाङे) निर्विरोध हुनुभएको थियो ।

prabhu bank
nawakantipur long