sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

विश्वकप अघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको फराकिलो जित

Nimb long ad
Prabhu Insurance Long Ad

कतार विश्वकप अघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले संयुक्त अरब इमिरेट्स (युएई) लाई ५–० अन्तरले पराजित गरेको छ ।

बुधबार राति दुबईमा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन अट्याकर एन्जल डि मारियाले दुई गोल गरेका थिए ।

यसैगरी कप्तान लियोनल मेसी, जुलिअन अल्भारेज र जोआक्विन कोरेआले एक उक गोल गरे । खचाखच दर्शकले भरिएको मैदानमा अर्जेन्टिनाले पहिलो हाफमा ४ तथा दोस्रो हाफमा एक गोल थप गरेको थियो ।

खेलपछि अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कालोनीले खेलाडी पूर्ण रुपमा फिट नभएको र केहि खेलाडी परिवर्तन हुने पक्का रहेको बताएका छन् ।

अर्जेन्टिनाले २२ नोभेम्बरमा साउदी अरेबियासँग खेल्दै विश्वकप सुरुआत गर्नेछ । समूह सी मा अर्जेन्टिना र साउदीसँगै मेक्सिको र पोल्यान्ड छन् ।

prabhu bank
nawakantipur long