sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

ऋद्धि सिद्धि सहकारीको ऋण चुक्ता नगरे जग्गा लिलाम गर्ने चेतावनी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ऋद्धि सिद्धि बहुउद्देश्यीय सहकारी संस्थाबाट विभिन्न ऋणीहरुले लिएको कर्जा चुक्ता नगर्ने ऋणीहरुको सम्पत्ति लिलाम गर्ने भएको छ ।

सहकारीले ३५ दिन, १५ दिन र ७ दिन अवधिमा छुट्टाछुट्टै तीन वटा सूचना प्रकाशन गरी ऋण चुक्ता नगरे धितो लिलाम गर्ने बताएको हो ।

सहकारीले नुवाकोट मुकुन्द भण्डारी र मिना भण्डारीलाई ३५ दिनभित्र ऋण चुक्ता गर्न ताकेता गरेको छ ।

यस्तै, सहकारीले जयश्री महर्जन, दिपक बस्नेत र राम सुन्दर बोहोरालाई ७ दिनभित्र ऋण चुक्ता गर्ने ताकेता गरेको हो । यस्तै, सौगात केसी र मुरारी केसीलाई ७ दिनभित्र ऋण चुक्ता गर्न भनेको हो ।

यदि तोकिएको अवधिभित्र ऋण चुक्ता नगरेमा लिलाम प्रक्रियाका लागी सहकारी संस्थाका नाममा धितो सुरक्षण राखिएको जग्गा सहकारी ऐन २०४८ र नियमावली २०४९ मा भएको व्यवस्था बमोजिम लिलाम गरी लेना रकम असुल उपर गरिने सहकारीले जनाएको छ ।

prabhu bank
nawakantipur long