citizens life insurance long ad
stcnepal long ad

रोनाल्डोको गोलमा युनाइटेड विजयी

Nimb long ad
Prabhu Insurance Long Ad

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलमा बिहीबार राति सेरिफलाई ३–० अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन डिओगो डालोट, मार्कस राष्फोर्ड र क्रिस्टियानो रोनाल्डोले समान एक एक गोल गरे ।

रोनाल्डोको यो करियरकै ७ सय १ गोल हो । जितसँगै समूह ‘ई’ मा युनाइटेडले ५ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा छ । सेरिफ ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

IME Life
kumari