नेसन्स लिग स् क्रोएसिया फाइनल फोरमा
एजेन्सी । क्रोएसिया युइएफए नेसन्स लिगको फाइनल फोरमा प्रवेश गरेको छ । गएराति भएको खेलमा अष्ट्रियालाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै क्रोएसिया फाइनल फोरमा प्रवेश गरेको हो ।
क्रोएसियाको जितमा कप्तान लुका मोड्रिच, मार्को लिभाजा र डिजान लोभरेनले गोल गरे अष्ट्रियाका क्रिस्टोफ बाअमगार्टनरले एक गोल फर्काए ।
खेलको छैटौं मिनेटमा मोड्रिचको गोलबाट क्रोएसियाले सुरुवाती अग्रता लिएको थियो । नवौं मिनेटमा क्रिस्टोफ बाअमगार्टनरले बराबरी गोल फर्काए ।
६९औं मिनेटमा मार्को लिभाजाले गोल गर्दै क्रोएसियालाई २–१ को अग्रता दिलाए । ७२औं मिनेटमा डिजान लोभरेनले गोल गर्दै क्रोएसियाको जित पक्का गरे ।
यो जितसँगै क्रोएसियाले समूह चरणमा ६ खेलबाट १३ अंक जोड्यो । डेनमार्क १२ अंक जोडेर दोस्रो स्थानमा रहँदा फ्रान्सले ५ अंक जोड्यो । ४ अंक जोडेर पुछारमा रहेको अष्टिन्य रेलिगेसनमा परेको छ ।





















