महिला युरोस् फ्रान्सलाई हराउँदै जर्मनी फाइनलमा
एजेन्सी । प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई २–१ अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसीप २०२२ को फाइनलमा प्रवेश गरेको छ।
अब,जर्मनीले उपाधिका लागि घरेलु टोली इंग्ल्यान्डको सामना गर्नेछ। अघिल्लो रात इंग्ल्यान्डले स्विडेनलाई पराजित गर्दै फाइनल पुगिसकेको।
बुधबार राति पहिलो हाफ १–१ स्थितिमा सकिदा दोस्रो हाफमा जर्मनीले विजयी गोल गरेको थियो।
एलेक्जान्ड्रा पोपले खेलको ४०औँ मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाइन। पहिलो हाफ सकिन एक मिनेट अघि जर्मनीकै मेर्ली फ्रोहमसले आत्माघाती गोल गर्दा फ्रान्स १–१ को अवस्थामा आइपुग्यो। ७६औँ मिनेटमा पोपले दोस्रो गोल गर्दै जर्मनीको जित सुनिस्चित गरिन।
फाइनल खेल वेल्बली रंगशालामा आइतबार राति हुनेछ। जर्मनीले आठ पटक युरो जितेको छ भने इंग्ल्यान्ड पहिलो उपाधिको संघारमा छ।
























