stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

चुरे क्षेत्रका लागि ५ वर्षमा १५ अर्ब १७ करोड लागत अनुमान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चुरे क्षेत्रका लागि आगामी ५ वर्षमा करिब १५ अर्ब १७ करोड लागत अनुमान गरिएको छ । राष्ट्रपति चुरे तराईरमधेस संरक्षण विकास समितिद्वारा संशोधनको तयारीमा रहेको चुरे संरक्षणको गुरुयोजना कार्यान्वयनका लागि ५ वर्षमा उक्त लागत अनुमान गरिएको हो।

समितिले चुरे–तराई मधेस संरक्षण तथा व्यवस्थापन सम्बन्धी २० वर्षे गुरुयोजनाु को समीक्षा तथा परिमार्जनसहित प्रस्ताव गरेको छ।

२०७४ सालमा जारी गुरुयोजनामै हरेक ५ वर्षमा गुरुयोजना समीक्षा तथा परिमार्जन गरिने उल्लेख थियो। २०७३ सालमा स्वीकृत गुरुयोजनामा भने ५/५ वर्षमा चार चरणका कार्यक्रम प्रस्ताव गरिएको थियो ।

पहिलो चरणको कार्यक्रमलाई ८१ अर्ब ६१ करोड, दोस्रो चरणलाई ६७ अर्ब, तेस्रो चरणलाई ५१ अर्ब ९५ करोड, चौथो चरणलाई ४९ अर्ब ८७ करोड र अन्तिम वर्षका लागि एक अर्ब ८५ करोड रुपैयाँ प्रस्ताव गरिएको थियो ।

गुरुयोजनाले दोस्रो चरणलाई ६७ अर्ब बजेट अनुमान गरेको भए पनि हाल १५ अर्ब १७ करोड मात्रै बजेट अनुमान गरिएको आजको कारोबार दैनिकमा समाचार छ ।

prabhu mahalaxmi
kumari