stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

सिटीलाई पराजित गर्दै रोमा युरोपा कन्फ्रेन्स लिगको फाइनलमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी। इङ्लिस क्लब लेस्टर सिटीलाई पराजित गर्दै इटालियन क्लब रोमा युरोपा कन्फ्रेन्स लिगको फाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा १–० को जित निकाल्दै समग्रमा २–१ को जितसहित रोमा फाइनलमा प्रवेश गरेको हो। पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो।

रोमामा भएको खेलमा घरेलु टोलीको जितमा पहिलो हाफमा ट्याम्मी अब्राहमले गरेको गोल नै निर्णायक बन्यो। उनले ११औं मिनेटमा लोरेन्जो पेलिग्रेनीको पासमा गोल गर्न सफल भएका थिए। त्यसपछि दुवै टोलीबाट गोलका केही अवसर सिर्जना भएपनि सदुपयोग हुन नसक्दा पहिलो हाफको नतिजा नै रोमालाई फाइनलमा पुग्न पर्याप्त बन्यो।

अर्को खेलमा डच क्लब फियोनुर्डले दोस्रो लेगमा फ्रान्सेली क्लब मार्सेलाई गोलरहित बराबरीमा रोक्दै समग्रमा ३–२ को जितसहित फाइनलमा स्थान बनाउन सफल भएको छ । फियोनुर्डलाई पहिलो लेगको नतिजा नै फाइनल पुग्न पर्याप्त बन्यो।

prabhu mahalaxmi
kumari