stcnepal long ad
ime life insurance
national life
global ime bank long

म्यानचेष्टर युनाइटेड च्याम्पियन्स लिगको प्रि–क्‍वाटर फाइनलमा पराजित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

इङ्लिस क्लब म्यानचेष्टर युनाइटेड युइएफए च्याम्पियन्स लिगको प्रि–क्‍वाटर फाइनलमा पराजित हुन पुगेको छ । घरेलु मैदान ओल्ड ट्राफोल्डमा युनाइटेड स्पेनिस क्लब एट्लेटीको मड्रिडसँगको दोस्रो लेगमा १–० गोलले पराजित भएको हो ।

पहिलो लेग १–१ गोलको बराबरीमा खेलेको युनाइटेड समग्रमा २(१ गोलको हार व्यहोर्दै च्याम्पियन्स लिगको अन्तिम सोह्रबाटै बाहिरिएको छ ।

आज बिहान सम्पन्न खेलको पहिलो हाफको ४१औं मिनेटमा ब्राजिलियन डिफेन्डर रेनान लोडीले एन्टोनी ग्रिजमनको क्रसलाई हेडरमार्फत एक मात्र निर्णायक गोल गरेका थिए ।

युनाइटेडले बल पोजिसनमा अधिकांश समय पकड जमाएपनि गोल गर्न भने सकेन ।

त्यसैगरी आजै सम्पन्न अर्को खेलमा पोर्चुगिज क्लब बेनफिकाले अजाक्सामाथि जीत निकाल्दै च्याम्पियन्स लिगको क्‍वाटर फाइनलमा प्रवेश गरेको छ ।

पहिलो लेग २–२ गोलको बराबरी खेलेको बेनफिकाले आजको दोस्रो लेगमा अजाक्सलाई १–० गोलले पराजित गर्दै समग्रमा ३–२ गोलले अन्तिम आठमा आफ्नो स्थान पक्का बनाएको हो ।

IME Lifesidebar
kumari