stcnepal long ad
ime life insurance
national life
global ime bank long

सबै स्थानीय तहमा परिवार दलले उम्मेदवारी दिने

दलको प्रवत्तामा दैलेखका भण्डारी मनोनित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल परिवार दलले अगामि बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनमा सबै स्थानीय तहमा उम्मेदबारी दिने भएको छ । दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा मङलबार बसेको केन्द्रीय समितिको बैठकले आगामी बैशाख ३० गते हुन गईरहेको आसन्न स्थानिय निर्वाचनमा दलको आप्नै चुनाब चिन्न सहित निर्बाचनमा जाने निर्णय गदै निर्बाचन आयोगमा दर्ता भएका तर राष्ट्रिय मान्यता प्राप्त गरिनसकेका सबै दललाई आफ्नै निर्बाचन चिन्नमा चुनाब लडन पाउने ब्यबस्था गर्न सरकार तथा निर्बाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकले निश्पक्ष, धाधली रहित र शान्तिपूर्ण तरिकाले निर्बाचन सम्पन्न गर्ने बाताबरण तयार गर्न सरकार र निर्बाचन आयोगलाई आग्रह गरेको छ । बैठकले मुलुकमा बैकल्पीक राजनीतिक शक्तिको आवश्यकता छ र त्यो शक्तिको नेतृत्व नेपाल परिवार दल बन्ने बातबरण तयार गर्न समान बिचार राख्न दलहरुसँग छलफल गरेर गठबन्धन गरेर निर्बाचमा जाने निर्णय गरकोछ ।

बैठकले दलको प्रबतामा दैलेखका रुपसिह भण्डारीलाई मनोनित गरेको छ भने बरिष्ठ उपाध्यक्षको नेतृत्वमा केन्द्रीय निर्बाचन परिचालन समिति र सातै प्रदेशका प्रदेश संयोजकको नेतृत्वमा प्रदेश स्तरिय स्थानीय निर्बाचन परिचालन समिति गठन गरी दलको उपस्थीत रहको हेरेक स्थानीय तहमा उम्मेदबारी दिने निर्णय समेत गरेको छ । बैठकले डा। साबीत्री न्यौपानेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

बैठक पछि बोल्दै अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले पुराना राजनैतिक दलहरुको द्वैत चरित्रका कारण मुलुकमा अन्योलता छाएको बताउँदै अब जनताहरुले बिकल्पको खोजी बताउँदैब सरकार परिवर्तन भएपनि आजसम्म राजनीतिक संस्कार परिवर्तन हुन नसकेकोमा बताए ।

अध्यक्ष ढकालले नेपालको राजनैतिक दलले अब भने नैतिकताको आधारमा पनि नेपाली जनताको अगाडि भोट माग्न नमिल्ने बताउँ नेपाली जनताले अगामि निर्बाचनमा बैकल्पीक शक्तिलाई मत दिनु पर्नेमा जोड दिए ।

सबैखाले विभेदको अन्त्य गरौँः सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ’ भन्ने नारा साथ भब्यताका साथ तेस्रो राष्टिय महाधिबेसन सम्पन्न भएपश्चात बसेको पहिलो केन्द्रीय समितिको बैठकमा दलका केन्द्रीय सदस्यहरुले पार्टीको स्थानीय स्तरको गतिबिधीहरुको बारेमा रिपोट प्रस्तुत गरेका थिए ।

बैठक दलका बरिष्ठ उपाध्यक्ष बिनोद डाँगी सहमहामन्त्री एवम् संबिधन सभा सदस्य मिलन कुमारी राजबंशी लगायत दुई दर्जन नेताहरुले आ आफ्नो धारणा राखेका थिए ।

IME Lifesidebar
kumari