citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आजदेखि ‘ए’ डिभिजन लिग सुरु

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको नयाँ सिजन आजदेखि सुरु हुँदैछ ।अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने लिगको उद्घाटन खेलमा ललितपुरका दुई टोली सातदोबाटो युथ क्लब र फ्रेण्ड्स क्लब भिड्नेछन् ।

अपरान्ह पौने ५ बजे सुरु हुने उद्घाटन खेल फ्लड लाइटमा खेलाईने छ । दोस्रो दिनबाट हरेक दिन दुई खेलहरु हुनेछन् । कुल ९१ खेल हुने लिगमा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

यस पटकको लिगको पुछारमा रहने दुई टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्ने छन् । लिगको अघिल्लो सिजनको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।

यस पटकको लिग विजेताले ७५ लाख रुपैंया पुरस्कार पाउने छ । यस्तै उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुने टिमले २५ लाख पाउने छ । हरेक खेलको विजेताले ५० हजार पाउने छन् । खेल बराबरीमा सकिए दुबै टोलीले २५/२५ हजार रुपैंया पाउने छन् ।

himalayan life insurance
igi long