citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एएफसीको क्लब लाइसेन्स ‘ए’ डिभिजनका चार क्लबले प्राप्त गरे 

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । ‘ए’ डिभिजनका चार क्लबले एएफसीको क्लब लाइसेन्स प्राप्त गरेका छन् । मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङदी फुटबल क्लब र एपिएफ फुटबल क्लबले सो लाइसेन्स प्राप्त गरेका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को फस्ट इन्सट्यान्ट बडीले चार क्लबलाई यस सिजनको लागि लाइसेन्स प्रदान गरेको हो ।

एएफसी क्लब लाइसेन्सको मूल प्रक्रियाको समय सीमापछि एएफसीलाई यो निर्णय पठाइएको एन्फाले जनाएको छ । क्लब लाइसेन्स प्राप्त गर्ने क्लबहरुले जारी सिजनमा एएफसीले आयोजना गर्ने क्लबस्तरीय प्रतियोगितामा सहभागिता जनाउन पानेछन् ।

himalayan life insurance
igi long