बोलायो हिमालय उर्जा विकासले २ वर्षको एजीएम

काठमाडौं । कात्तिक २४ गते दुई आर्थिक वर्षको वार्षिक साधारण सभा हिमालय उर्जा विकास कम्पनीले डाकेको छ । कम्पनीले २० औं र २१ औं वार्षिक साधारण सभा एकै पटक गर्न लागेको हो । सभामा आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ ।
सभा सिद्धार्थ कटेज रेष्टुरेन्ट एन्ड बार तिनकुने काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ । यस्तै, आर्थिक वर्ष २०७६/०७७, २०७७/०७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि पनि छलफल हुनेछ । लाभांश वितरण सम्बन्धी प्रस्ताव भने छैन ।