एन्फा प्रवक्ताले दिए राजिनामा
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले पदबाट राजीनामा दिएका छन् । सोमबार अध्यक्ष कर्माछिरिङ शेर्पालाई भेटेर उनले राजीनामा बुझाएका छन् ।
आफ्नो राजीनामा बारे प्रवक्ता राईले आजै अपरान्ह ३ बजे एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै छन् ।
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले नाटक गरेको भन्दै सामाजिक सञ्जाल मार्फत राजीनामाको घोषणा गरेको घटनाबाट प्रवक्ता राई रुष्ट थिए ।
उनले साउन १६ गते शनिबार राति फेसबुकमा स्टाटस लेख्दै प्रवक्ताको जिम्मेवारी त्याग्ने संकेत गरेका थिए ।