citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

युरो कपमा स्विडेनद्धारा स्लोभाकिया पराजित

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

एजेन्सी । युरो कप अन्तर्गत आज भएको पहिलो खेलमा स्विडेनले स्लोभाकियालाई हराएको छ । सेन्ट पिटर्सबर्गमा भएको खेलमा स्विडेनले स्लोभाकियालाई एक–शून्यले हराएको हो ।

पहिलो हाफ बराबरीमा सकिए पनि खेलको ७७ औँ मिनेटमा स्विडेनका इमिल फोर्सबर्गले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो ।

यो जितसँगै स्विडेन समूह ‘ई’ को शीर्ष स्थापनमा उक्लिएको छ । स्विडेनले दुई खेलमा एक खेल जित्दै र एक खेल बराबरी खेल्दै चार अङ्क बटुलेको छ । स्लोभाकिया भने दुई खेलमा तीन अङ्ककाका साथ दोस्रो स्थानमा झरेको छ ।

युरो कपमा आज राति पौने दश बजे क्रोएशिया र चेक रिपब्लिकले खेल्दै छन् । त्यस्तै राति पौने एक बजे हुने खेलमा इङ्ल्यान्ड र स्कटल्यान्ड खेल्दै छन् ।

himalayan life insurance
igi long