stcnepal long ad
himalayan Everest Insurance long ad
Himalayan bank

राष्ट्रिय अनुसन्धानका ११ अधिकारीको बढुवा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौ । राष्ट्रिय अनुसन्धान विभागका ११ अधिकारीको हिजो बढुवा भएको छ । विभागमा कार्यरत दुई एसपीको एसएसपीमा र ९ जना डिएसपीको एसपीमा बढुवा भएको छ ।

विभाग स्रोतका अनुसार दुई जना एसपी (उपअनुसन्धान निर्देशक) नवीन अधिकारी र राजन उप्रेतीको सह अनुसन्धान निर्देशकमा बढुवा भएको छ ।

यसैगरि ९ जना डिएसपी (प्रमुख अनुसन्धान अधिकृत) को उपअनुसन्धान निर्देशकमा बढुवा भएको छ । प्रमुख अनुसन्धान अधिकृत (डिएसपी) बाट उपअनुसन्धान निर्देशक (एसपी) मा बढुवा हुनेमा प्रज्वल खड्का, प्रकाश आचार्य, सन्तोष ढुंगेल, राजन प्रजापती, बासुदेव सिग्देल, कुलचन्द्र नेपाल, मनोज ढकाल, चन्दन झा र लक्ष्मी पौडेल रहेका छन् ।

बढुवा हुने सबै विभाग भित्र कार्यरत हुन। जिल्ला र प्रदेश कार्यालयमा कार्यरत कसैको पनि बढुवा भएको छैन । वरिष्ठलाई पछि पारेर कनिष्टलाई छानिछानी बढुवा गरिएको भन्दै विभागमा व्यापक असन्तुष्टि छाएको छ ।

राष्ट्रपति विधादेवी भण्डारीको सिफारिसमा कुलचन्द्र नेपाल एसपीमा बढुवा भएका छन्। उनी बाहेक अन्य सबै बढुवा चिफले मनपरि ढंगले गरेको स्रोतको दावी छ।

विदेशी दुतावासमा रिपोट बुझाएर डवल एजेन्टको काम गर्दै आएका अधिकारीले प्रधानमन्त्रीलाई रिपोर्ट पेश गर्नु अगाडि भारत,वेलायत र अमेरिकी दुतावासमा रिपोट बुझाउने गरेको आरोप लाग्दै आएको छ ।

वरिष्ठ एसपी अर्जुन भण्डारी, उर्मिला पाण्डेको बढुवा नगरि आफ्ना हनुमानलाई मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारीले बढुवा गरेको विभाग स्रोतले बतायो। कनिष्ठ प्रशासनका डिएसपी समेत एसपीमा बढुवा भएका छन।

himalayan life insurance
igi long