नेपाल रिङ्ग रेस्लिङ्ग संघको युट्युब च्यानल सुरु
काठमाडौं । नेपालमा कोरोनको दोश्रो लहर तीब्र रुपममा बढ्न थाले पछि सरकारले लकडाउन सुरु गरि सकेको अवस्था छ ।
फलस्वरूप हाम्रो पूर्व निर्धारित सम्पूर्ण प्रतियोगिता र नियमित कार्यक्रम, तालिम प्रभावित भएका छन्.।
“स्वास्थ्य नै सबै भन्दा ठुलो धन हो” पहिले सबै जना सुरक्षित रहनु पर्छ भनेर उद्देश्यका साथ हामीले आफ्नो गतिबिधिहरु केहि समयका लागि स्थगित गरेका छौं ।
यो महामारी अहिले आगोसरी हाम्रो देशमा फैलिरहेको छ । यस्तो जटिल अवस्थामा स्वयंम् सुरक्षित रहदै र सावधानी अपनाउदै आ–आफ्नो स्थानबाट समस्यमा परेका नेपाली दाजुभाई दिदी–बहिनीहरुलाई सहयोग गर्न रेस्लर, रेस्लिङ्ग प्रेमी लगायत सम्पूर्णलाई नेपाल रिङ्ग रेस्लिङ्ग संघ हार्दिक अपिल गर्दछ ।
कोरोना महामारीका कारण आफ्नो गतिबिधिहरु रोक्न परे पनि हाम्रा प्रिय दर्शकहरु लाई मध्यनजर गर्दै रिङ्ग रेस्लिङ्गको युट्युब च्यानल सुरु गरेका छौं ।
यो लकडाउनको विसम परिस्थितिमा पनि हाम्रा दर्शकहरुले घरमै बसी नेपाली रेस्लिङ्ग को मज्जा लिन सक्नु होस् भन्ने उद्देश्यले बैशाख २४ गते (२०२१ को मे ७ ) देखि हामीले आफ्नो युट्युब सुरु गरेका छौं ।
हामीले पहिले आयोजाना गरेका प्रतियोगिताको एक–एक प्रतिस्पर्धा हरेक हप्ता देखाउने जमर्को गरेका छौ ।
.आशा छ, हाम्रो यो प्रयासलाई दर्शकहरुले मन पराईदिनु हुनेछ । अन्त्यमा नेपाल सरकारले अनुरोध गरेको स्वास्थ्य सावधानीको उपायलाई सबैले पालना गरौं ।