stcnepal long ad
himalayan Everest Insurance long ad
Himalayan bank

अस्पताललाई अक्सिजन सहितको सिलिण्डर हस्तान्तरण

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

बनेपा । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका विभिन्न उद्योगमा खाली रहेका सिलिण्डरलाई सङ्कलन गरी भरेर जिल्लाका दुई अस्पतालमा वितरण गरेको छ ।

विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्टका कारण देशभर सङ्क्रमण फैलिएको र उपचार एवं अक्सिजनको अभाव भई सिर्जना भएको विषम परिस्थिति र आम जनसमुदायको स्वास्थ्यमा पर्न गएको असरलाई मध्यनजर गरी, मानवीय क्षति रोकथाम तथा सङ्क्रमणदर नियन्त्रण गर्न नेपाल प्रहरीको प्रयासमा सो सिलिण्डर सङ्कलन गरी अक्सिजन भरेर वितरण गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार जिल्लाका विभिन्न व्यापार–व्यवसायी, ग्रिल तथा आल्मुनियम उद्योग, विभिन्न वितरण केन्द्र र सहयोगी व्यक्तिबाट सङ्कलन गरिएको खाली सिलिण्डर भरी त्यसको पारदर्शी वितरण गर्ने अभियान अनुरुप बिहीबार धुलिखेलस्थित धुलिखेल अस्पताललाई ३० थान र बनेपास्थित शिर मेमोरियल अस्पताललाई १० थान हस्तान्तरण गरेको बताउनुभयो ।

उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले दुई दिनमा ६७ समेत भइरहेको छ । कार्यालयले करिब १०० वटा खाली सिलिण्डर सङ्कलन गरेर अक्सिजन भरी हस्तान्तरण गर्ने जनाएको छ ।

त्यसरी सङ्कलन गरिएका सिलिण्डरमा नमेटिने गरी नाम लेखिएको कारणपछि अवस्था सहज भएपश्चात सम्बन्धित व्यक्ति, उद्योग र डिपोलाई नै फिर्ता गर्ने गरी सम्झौता गरेको जनाएको छ ।

अहिले खाली सिलिण्डर भर्नका लागि लाग्ने रकमसमेत जिल्ला प्रहरी कार्यालयले नै व्यहोरिरहेको र त्यसलाई पछि कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्लास्तरीय कमाण्ड पोष्टले व्यहोर्ने भएको प्रहरी नायब उपरीक्षक खतिवडाले बताउनुभयो । त्यससँगै थप खाली सिलिण्डर सङ्कलन गर्ने कार्यसमेत जारी रहेको अवस्थामा सो अभियानमा कोभिड रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्न इच्छुक महानुभावलाई जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै अस्पतालभन्दा बाहिर अत्यावश्यक स्वास्थ्य उपचार प्रयोजनबाहेकका सिलिण्डर सङ्कलन गरी फिर्ता दिई अस्पताल प्रयोजनमा ल्याउने व्यवस्था मिलाउन आग्रह गरेको थियो ।

विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड–१९ महामारी रोकथाम तथा सङ्क्रमितको उपचारका लागि अत्यावश्यक मेडिकल अक्सिजन अभाव भई अस्पतालमा बिरामीलाई आवश्यक मात्रामा अक्सिजन उपलब्ध हुन नसकेको हुँदा अस्पतालभन्दा बाहिर अत्यावश्यक स्वास्थ्य उपचार प्रयोजनका लागि बाहेक जिल्लास्थित विभिन्न उद्योग, सङ्घसंस्था तथा व्यक्तिसमेतले भण्डारण गरिराखेका मेडिकल अक्सिजन सिलिण्डर सम्बन्धित उद्योगमा फिर्ता दिई अस्पतालको प्रयोगमा ल्याउने व्यवस्था मिलाउन आग्रह गरेको थियो ।

सहकारी संस्थाहरुलाई सेवा बन्द गर्न आग्रह

काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले नगरभित्रका सबै सहकारी संस्थालाई सेवा प्रवाह बन्द गर्न आग्रह गरेको छ । कोभिड–१९ को दोस्रो लहरले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमै मानव समुदायलाई प्रताडित बनाइरहेको अवस्थामा नगरपालिकाभित्र पनि त्यसको प्रभाव परिरहेको अवस्थामा सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि बिहीबार सबै सहकारी संस्थालाई सेवा प्रवाह बन्द गर्न आग्रह गरेको हो ।

नगरपालिकाले थप क्षति हुन नदिन सहकारी विभागले बुधबार जारी गरेको सूचनाअनुसार सबै सहकारी संस्थालाई सेवा प्रवाह बन्द गर्न आग्रह गरेको छ ।

बुधबार सहकारी विभागले कोभिड–१९ को दोस्रो लहरले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमै मानव समुदायलाई प्रताडित बनाइरहेको अवस्थामा थप जोखिम तथा क्षति हुन नदिन सरकारको निर्णय अनुसार मुलुकका अधिकांश जिल्लामा निषेधाज्ञा लगायत आदेश जारी गरिएको र सिङ्गो राज्य संयन्त्र तथा जनशक्ति यस महामारीको नियन्त्रण तथा रोकथाममा केन्द्रित गर्दै गरेको वर्तमान अवस्थामा नेपालभर क्रियाशील रहेका सहकारीले स्थानीय प्रशासनको पूर्ण समन्वयमा अत्यन्त कम जनशक्तिबाट अत्यावश्यक सेवा मात्रै सञ्चालन गरी बाँकी सबै प्रकारका क्रियाकपाल तथा सेवा अवस्था सहज नभएसम्मका लागि स्थगन गर्न आग्रह गरेको छ ।

त्यसैगरी विभागले सहकारी सङ्घसंस्था र सहकारीकर्मीलाई सरकारले असहज परिस्थितिमा स्वास्थ्य पूर्वाधारको व्यवस्थापनमा राज्य संयन्त्रसँग समन्वय गरी भूमिका निर्वाह गर्नसमेत अपिल गरिएको छ ।

यसअघि काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आइतबार सूचना जारी गर्दै निषेधित क्षेत्रमा सञ्चालित सहकारी संस्थाले अत्यावश्यक कार्यका लागि बढीमा हप्ताको दुई दिन कार्यालय सञ्चालन गरी सेवा प्रदान गर्नुपर्ने सूचनामा उल्लेख गरिएको थियो ।

यसैबीच नगरपालिकाले सूचना जारी गरेर नगरभित्रका नागरिकलाई कोभिड–१९ सँग सम्बन्धित लक्षण तथा चिह्न भएको व्यक्तिको स्वाब परीक्षण गर्नका लागि स्वाब सङ्कलन गर्ने कार्य आजबाट शुरु गर्ने जनाएको छ ।

नगरपालिकाले आजदेखि वडा नं १, ८ र ९ मा स्वाब सङ्कलन गर्ने, वडा नं ५ मा दुई ठाउँमा र वडा नं ६ मा गरी जेठ २ गते र वडा नंं १० मा दुई ठाउँमा र ११ वडामा ३ गते स्वाब सङ्कलन गर्ने तयारी गरेको छ ।

त्यसबाहेक वडा नं ४ र ७ सहित अन्य वडाका व्यक्तिको वडा नं ७ को इन्द्रेश्वर प्राविमा सार्वजनिक बिदाको दिनबाहेक हरेक दिन स्वाब सङ्कलन गरिने नगरपालिकाले जनाएको छ । रासस

himalayan life insurance
igi long