citizens life insurance long ad
stcnepal long ad

एपीएफ ललितपुर मेयर कप महिला क्रिकेटको फाइनलमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विभागीय टोली एपीएफ क्लब अपराजित रहँदै काठमाण्डौमा भइरहेको ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरको त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ४० रनले हराएको हो । एपीएफले दिएको एक सय ४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा दुई विकेट गुमाएर एक सय दुई रनमात्र बनाउन सक्यो ।

लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३५ रन जोडिन् । कप्तान नेरी थापाले अविजित २७ रन जोड्दा सरस्वती मगरले अविजित रहँदै २१ रन जोडिन् । नितु भण्डारीले १७ रन बनाइन् । एपीएफकी बिनु बुढा र रेखा रावलले एकरएक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ६ विकेट गुमाएर एक सय ४२ रन बनाएको थियो । एपीएफका लागि ममता चौधरीले सर्वाधिक ४७ रनको योगदान गरिन् ।

कप्तान सीता राना मगरले २८ रन जोड्दा राजमती ऐरीले २३ रन जोडिन् । लुम्बिनीकी स्वतिका बजगाईँ र कृतिका मरासिनीले दुईरदुई विकेट लिए । अब उपाधिका लागि एपीएफले सुदूरपश्चिम प्रदेशसँग खेल्नेछ ।

IME Life
kumari