stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आहा रारा गोल्डकप : पहिलो खेलमा सहारा क्लब र एपीएफ खेल्दै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

पोखरा । आजदेखि आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक सहारा क्लब पोखरा र सशस्त्र प्रहरीको एपीएफ क्लब खेल्दैछन् ।

प्रतियोगितामा एक विदेशीसहित आठ टिम सहभागी हुनेछन् । प्रतियोगितामा सहारा र एपीएफसहित नेपालका ‘ए’ डिभिजन क्लबहरु मनाङ मर्स्याङ्दी, नेपाल पुलिस क्लब, थ्रीस्टार, सङ्कटा क्लब र मच्छिन्द्र क्लब र विदेशी टिम अफ्रिकन रुट एशोसिएशन, डउला क्यामरुन सहभागी हुने आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिनुभयो ।प्रतियोगिताको विजेता टिमले १० लाख एक हजार तथा उप(विजेताले पाँच लाख एक हजार रुपैयाँ सहित ट्रफी प्राप्त गर्नेछन् ।

prabhu mahalaxmi
kumari