कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रको क्षेत्रमा आज ६ घण्टासम्म बत्ती जाने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं कीर्तिपुर र जोरपाटी लगायतका क्षेत्रमा आज बत्ती जाने भएको छ। को रोपवे फिडर अन्तर्गत बल्खु खोला नजिक आज स्विच जडानको काम हुँदैछ। मर्मतको काम गर्नुपर्ने भएकाले रोपवे फिडरमा पर्ने सिभीलहोम, कीर्तिपुर रिङरोड, पाँगा, ट्याङ्ला फाँट लगायत ठाउँमा आज साढे २ घण्टा बत्ती जाने भएको हो ।
बिहान साढे १० बजेदेखि १ बजेम्म लाइन काटेर मर्मतको काम गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यसैगरि जोरपाटी वितरण केन्द्रको साँखु फिडर अन्तर्गतका मायापाटी, ब्रह्मखेल, इन्द्रायनी, साँखु, जर्शिङ पौवा, नाङ्लेभीर लगायतका क्षेत्रमा लाइन स्थानानन्तरणको काम हुँदैछ ।
यी आज क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म ६ घण्टा बत्ती जाने भएका नेपाल विद्युत प्राधिकरणले सूचना निकालेर जनाएको छ ।

























