citizens life insurance long ad
stcnepal long ad

२– १ गोलले एपीएफद्वारा नेपाल पुलिस पराजित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एपिएफले पुलिसमाथि २–१ को संघर्षपूर्ण जित निकाल्दै राजधानीमा जारी महिला राष्ट्रिय लिगमा अपराजित यात्रालाई सोमबार पनि निरन्तरता दिएको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा एपिएफले पुलिसलाई २–१ ले हराउँदै जितको लयलाई निरन्तरता दिएको हो ।

पहिलो हाफ गोल रहित बराबरी खेलेका विभागीय डर्बीमा पुलिसले ६९औं मिनेटमा उपहार गोल दिएपछि आफै दबाबमा परेको थियो । घिम कुमारी गुरुङले गोल गर्दा एपिएफले अग्रताको अवसर पाएको थियो । दबाब दिँदै खेल पस्किएको पुलिसका लागि अमृता जैशीले ७५औं मिनेटमा गोल गर्दै एपिएफ विरुद्ध खेल बराबरीमा ल्याएकी थिइन् ।

अघिल्ला खेलमा फराकिलो जित निकाल्दै अपराजित यात्रालाई कायम राखेको एपिएफले खेल सकिन चार मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी रविना गोलले गोल गर्दै एपिएफको अग्रता २–१ मा पु¥याइन् । त्यस पछि दबाबमा परेको पुलिसले खेलमा फर्किन निकै प्रयास गरे पनि सफल हुन सकेन र एपिएफले पुलिसमा संघर्षपूर्ण जित निकाल्न सफल भयो ।

रोमाञ्चक जित निकालेको एपिएफले १० औं खेलमा अपराजित यात्रालाई निरन्तरता दिँदा उपाधि नजिक समेत पुगेको छ । १० खेलबाट स्पष्ट ३० अंक जोडेको एपिएफ शीर्ष स्थानमा यथावत रहँदा अंक गुमाएको पुलिसको १० खेलबाट १४ अंक भएको छ । पराजयसँगै पुलिसको उपाधि उचाल्ने समिकरण समाप्त भएको छ ।

 

IME Life
kumari