citizens life insurance long ad
stcnepal long ad

सस्सुलोमाथि युभेन्टसको सहज जित

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । इटालियन सिरी ‘ए’ मा साविक विजेता युभेन्टसले सस्सुमाथि सहज जित निकालेको छ । गएराति भएको खेलमा युभेन्टसले सस्सुलोलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा युभेन्टसले १० खेलाडीमा समेटिएको युभन्टेसलाई सहज जित दिलाउनको लागि डानिलो, आरोन राम्सी र क्रिस्टियानो रोनाल्डोले गोल गरे । सस्सुलोका ग्रिगोइरे डिफ्रिलले गरेको गोल सान्त्वना बन्यो । सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिदा सस्सुलो पहिलो हाफको अन्त्यतिर १० खेलाडीमा समेटिएको थियो । फेडरिको चिइसामाथि खराव ट्याकल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै पेड्रो ओवियाङलाई रातो कार्ड देखाउदै मैदान बाहिर पठाएको थियो । ५०औं मिनेटमा डानिलोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए ।

५८औं मिनेटमा ग्रिगोरेले गोल गर्दै खेललाई १(१ गोलको बराबरीमा ल्याए । ८२औं मिनेटमा आरोन राम्सीले गोल गर्दै युभेन्टसलाई २–१ को अग्रता दिलाए । उनले जियानलुका फ्राबोट्टाको पासमा गोल गरेका थिए ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा रोनाल्डोले डानिलोको पासमा गोल गर्दै युभेन्टसलाई ३(१ को सहज जित दिलाए । यो जितसँगै युभेन्टस १६ खेलबाट ३३ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित सस्सुलो २९ अंकसहित सातौ स्थानमा छ । युभेन्टस एक खेल बढी खेलेको शीर्षस्थानको एसी मिलानसँग ७ अंकले पछि छ । दोस्रो स्थानको इन्टर मिलानसँग ४ अंकले तथा तेस्रो स्थानको रोमासँग १ अंकले पछि छ ।

IME Life
kumari