citizens life insurance long ad
stcnepal long ad

प्रिमियर लिग : चेल्सी र लेस्टर बराबरीमा रोकियो

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र एस्टन भिल्लाबीचको खेल बराबरीमा सकिएको छ । सोमबार राति घरेलु मैदानमा चेल्सीले एस्टन भिल्लासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँढेको हो ।

घरेलु टोली चेल्सीले खेलको ३४औं मिनेटमा ओलिभर जिरुउडको गोलबाट अग्रता लिएको थियो । उनले बेन चिलवेलको पासमा गोल गरेका थिए ।

५०औं मिनेटमा अनवर इल घाँजीले गोल गर्दै खेललाई १–१ को अवस्थामा ल्याए । उनले माटी कासको पासमा गोल गरेका थिए ।

यो बराबरीले चेल्सी १६ खेलबाट २६ अंक जोडेर छैटौ स्थानमा उक्लदा १४ खेल खेलेको भिल्लाले पनि २६ अंक जोडेर गोल अन्तरमा पाँचौ स्थानमा रहेको छ ।

IME Life
kumari