एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज पुस १४ गते मंगलबार अन्तिम दिन हो । बैंकले ६% बोनस सेयर र ३.४७% नगद लाभांश गरी कुल ९.४७% लाभांश वितरण गर्दैछ । साधारण सभा प्रयोजनका लागि पुस १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । बैंकको साधारण सभा पुस २८ गते हुने भएको छ ।
साथै, सभामा अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।
आर्थिक वर्ष २०७७/०७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा त्रिभुवन आर्मि अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा भिडियो कन्फ्रेन्स मार्फत बिहान ११ बजेदेखि सुरु हुनेछ ।






















