citizens life insurance long ad
stcnepal long ad

सेफिल्ड युनाइटेडमाथि म्यानचेस्टर युनाइटेडको पूनरागमन जित

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले पूनरागमन जित निकालेको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडमाथि उसकै मैदानमा ३–२ को जित निकालेको हो ।

म्यानचेस्टर युनाइटेडलाई पूनरागमन जित दिलाउनको लागि मार्कुस रासफोर्डको दुई तथा एन्थोनी मार्सियालको एक गोल गरे । घरेलु टोली सेफिल्डका लागि दुवै गोल डेभिड म्याकगोल्डरिकले गरेका थिए ।

घरेलु टोली सेफिल्डले खेलको पाँचौ मिनेटमा डेभिड म्याकगोल्डरिकको गोलबाट अग्रता लिएको थियो । उनले ओलिभर बुर्कीको पासमा गोल गरेका थिए ।

एक गोलले पछि परेको युनाइटेडले त्यसपछि आक्रमक खेल पस्कदै २६औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो । भिक्टर निल्सल लिन्डेलफको पासमा मार्कुस रासफोर्डले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

३३औं मिनेटमा एन्थोनी मार्सियालले गोल गर्दै युनाइटेडलाई खेलमा २–१ को अग्रता दिलाए ।

५१औं मिनेटमा मार्सियालको पासमा रासफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई खेलमा ३(१ ले अघि बढाए । ८७औं मिनेटमा डेभिक म्याकगोल्डरिकले गोल गर्दै खेललाई ३(२ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड विजयी हुन सफल भयो ।

यो जितसँगै युनाइटेड १२ खेलबाट २३ अंक जोडेर छैटौ स्थानमा उक्लदा सेफिल्ड १ अंक जोडेर पुछारमा रहेको छ । युनाइटेड शीर्षस्थानको लिभरपुलभन्दा ५ अंकले पछि छ ।

IME Life
kumari