प्रभु बैंकको १९औं वार्षिक साधारण सभा पुस २६ गते
काठमाडौं । प्रभु बैंकले पुस २६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । १९औं वार्षिक साधारण सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने बैंकले जनाएको छ । बैंकले सभामा १०% बोनस सेयर र कर प्रयोजनको लागि ०.५२५ नगद लाभांश गरी कुल १०.५२% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
साथै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेन्डा पनि रहेका छन् ।
कोरोनाका कारण सेयरधनीलाई भर्चुअल रुपमा सभामा उपस्थित गराउने बैंकले जनाएको छ । बैंकले साधारण सभा प्रयोजनका लागि पुस १० देखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस ९ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।























