नेपाली फुटबल टोली बंगलादेश प्रस्थान
काठमाडौं । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिम आज बंगलादेश प्रस्थान गरेको छ । २५ खेलाडी र अफिसियल सहित ३४ सदस्सीय नेपाली टोली आज बंगलादेश प्रस्थान गरेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीलाई बुधबार नै विदाई गरेको थियो।
फुटबल टोली हिमालयन एयरलाइन्स मार्फत बिहान ढाका प्रस्थान गरेको हो । ढाका जाने टिममा ८ नयाँ खेलाडी रहेका छन्। टिमका महत्वपूर्ण केहि सदस्य भने कोरोना संक्रमण देखिएपछि बंगलादेश गएका छैनन्। यस्तै चोटका कारण नियमित सदस्य रोहित चन्द समेत ढाका गएका छैनन्।
नेपालले बंगलादेशसँग यही नोभेम्बर १३ र १७ तारिखमा ढाकामा मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसअघि नेपाली टोली करिब एक साता होटेल क्वारेन्टाइनमा बस्नेछ । त्यसपछि कोरोना परीक्षण हुनेछ र नेगेटिभ रिपोर्ट आएपछि नेपालले प्रशिक्षण गर्ने अवसर पाउने छ ।





















