stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

नेपाली खेलाडीको दर्ता शुल्क सिनले प्रायोजना गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  युएस वल्ड क्लास तेक्वान्दो एसोसिएसनको आयोजनामा हुने २०२० वल्ड भर्चुअल तेक्वान्दो महोत्सवमा सहभागी हुने ९ नेपाली खेलाडीको दर्ता शुल्क रिक्की सिनले प्रायोजन गरिदिने भएका छन् ।

पान अमेरिकन तेक्वान्दो युनियनका महासचिव सिनले एक खेलाडीको १ सय अमेरिकन डलरका दरले ९ सय डलर दर्ता शुल्क प्रायोजन गरिदिने नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्ष अशोक खड्काले जनाएका छन् ।

प्रतियोगितामा भिजन तामाङ, प्रगति कुइकेल, मेलिना राई, आयुश बोहरा, विवेक श्रेष्ठ, प्रसन्न पुडासैनी, अस्मिता नगरकोटी, महेश आङथुप्पा र आयुश ढुंगेलले जुनियरतर्फ नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रतियोगिता अक्टोबर १७ र १८ तारिखमा हुँदैछ । सिनियरको स्पर्धा अक्टोबर १२ र १३ तरिखमा सम्पन्न भइसकेको छ ।

प्रतियोगितामा अध्यक्ष खड्काले निर्णायकको भूमिका निर्वाह गर्दैछन् । सिनियरको प्रतियोगितामा पनि खड्काले निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । खड्का पुम्से, ग्योरोगी र पारा तेक्वान्दोका एक्लो नेपाली निर्णायक हुन् ।

prabhu mahalaxmi
kumari