भालाडोलिडमाथि रियल म्याड्रिडको कठिन जित
एजेन्सी । ला लिगा च्याम्पियन रियल म्याड्रिडले भालाडोलिडमाथि कठिन जित निकालेको छ । गएराति भएको खेलमा रियल म्याड्रिडले भालाडोलिडलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
रियललाई कठिन जित दिलाउनको लागि भिनिसियस जुनियर गोल गरे । उनले ६५ औं मिनेटमा गरेको गोल नै निर्णय बन्यो । हुलमुलमा आफैले विपक्षी खेलाडीबाट खोसेको बललाई फेडरिकोले प्रहार गर्न खोज्दा विपक्षी खेलाडीबाट आएको पासमा उनले गोल गरेका थिए ।
जितसँगै अपराजित रहेको रियलको ३ खेलबाट ७ अंक पुगेको छ । समान ७ अंक रहेपनि गेटाफे र भ्यालेन्सिया गोलअन्तरमा पहिलो र दोस्रो स्थानमा रहेको छ । भिल्लारियल गोल अन्तमार चौथो स्थानमा छ । पराजित भालाडोलिड २ अंकसहित १८औं स्थानमा छ ।





















