citizens life insurance long ad
stcnepal long ad

नेपाल फिफाको महिला वरियतामा ९९ औँ स्थानमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९ औँ स्थानमा यथावत रहेको छ। पछिल्लो पटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो। यही कारण वरियतामा कुनै फेरबदल नभएको हो।

पछिल्लो पाँच महिनादेखि फिफाको वरियता एकनास रहेको पाइएको छ। एशियाली देशतर्फ नेपाल २१ औँ स्थानमा छ। दक्षिण एशियाली देशको वरियतामा नेपालको स्थान दोस्रो छ।

यस्तै फिफा वरियतामा दक्षिण एशियाली देश भारत ५५ औँ, बङ्गलादेश १३४ औँ, श्रीलङ्का १४०औँ, माल्दिभ्स १४२ औँ तथा भुटान १५४ औँ स्थानमा रहेका छन् ।

विश्व वरियतामा अमेरिका पहिलो, जर्मनी दोस्रो, फ्रान्स तेस्रो, नेदरल्यान्ड्स चौथो, स्विडेन पाँचौँ, इङ्ग्ल्याण्ड छैटौँ, अष्ट्रेलिया सातौँ, ब्राजिल आठौँ, क्यानडा नवौँ र उत्तर कोरिया १०औँ स्थानमा रहेका छन्। रासस

IME Life
kumari