stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

विजय लघुवित्त वित्तीय संस्थाले ५ करोड ८१ लाख रुपैयाँ नाफा कमाए

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा ५ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा १०.७२% ले थोरै हो । अघिल्लो वर्ष यस कम्पनीले ६ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी भने ३३.४७% ले बढोत्तरी भएर २१ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यसले १६ करोड ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा भने ९ करोड ७३ लाख रुपैयाँबाट घटेर ८ करोड ७५ लाख रुपैयाँमा झरेको छ । असारसम्म ७९ करोड ८६ लाख रुपैयाँ निक्षेप संकलन गरेको यस कम्पनीले ३ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

हाल यसको चुक्ता पुँजी २२ करोड ४० लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १० करोड ६६ छ । यसको खराब कर्जा अनुपात ०.५७% बाट बढेर २.९४% पुगेको छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ ९५ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ६० पैसा छ ।

prabhu mahalaxmi
kumari