stcnepal long ad
ime life insurance
global ime bank long

याङ्गो नेपाल र लुम्बिनी लायन्सद्वारा पार्टनर ड्राइभरका बच्चाहरूका लागि विशेष क्रिकेट प्रशिक्षण

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो समूहको एक हिस्सा रहेको याङ्गो नेपालले नेपाल प्रिमियर लिग (ल्एी) टोली लुम्बिनी लायन्ससँग साझेदारी गर्दै काठमाडौंमा याङ्गोका पार्टनर ड्राइभरहरूको बच्चाहरूका लागि विशेष क्रिकेट प्रशिक्षण सत्र सफलतापूर्वक आयोजना गरेको छ ।

यो पहलले नेपालमा याङ्गोको राइड–हेलिङ सेवाको मेरुदण्ड बनेका परिवारहरूलाई सहयोग गर्ने यसको प्रतिबद्धतालाई झल्काउँछ ।

२० भन्दा बढी बालबालिकाहरूले लुम्बिनी लायन्सका खेलाडीहरू—तिलक भण्डारी, दुर्गेश गुप्ता तथा अन्य टोली सदस्यहरूको नेतृत्वमा सञ्चालन गरिएको रमाइलो र सहभागितामूलक प्रशिक्षण सत्रमा भाग लिए।

सत्रका क्रममा बालबालिकाहरूले क्रिकेटका आधारभूत सीपहरू सिके, विभिन्न अभ्यास ड्रिलमा सहभागी भए, र आफ्ना ‘क्रिकेट हिरो’ हरूसँग प्रत्यक्ष एक–एक गरेर समय बिताउने अवसर पाए । याङ्गो नेपालका एक प्रतिनिधिले कार्यक्रममा खुसी व्यक्त गर्दै भनेः

“याङ्गोमा हामी जे–जहाँ गर्छौँ, त्यसको केन्द्रविन्दुमा हाम्रो पार्टनर ड्राइभरहरू हुन्छन्। उनीहरूको परिवार र प्रियजनहरू पनि उस्तै महत्त्वपूर्ण छन्। यो प्रशिक्षण सत्र हाम्रो दैनिक रूपमा साथ दिने समुदायप्रति कृतज्ञता प्रकट गर्ने एक माध्यम थियो।

बालबालिकाहरूले सिक्दै, खेल्दै, र प्रोफेसनल एथलीटहरूसँग अन्तक्र्रिया गर्दै गरेको देख्नु साँच्चिकै प्रेरणादायी थियो। हामी आगामी दिनहरूमा पनि यस्तै अर्थपूर्ण र खुशीदायक अनुभवहरू सिर्जना गर्ने पहललाई निरन्तरता दिनेछौँ।”
उनले थपेः

“म व्यक्तिगत रूपमा चाहन्छु, एक दिन यिनैमध्ये केही बालबालिकाहरूले क्रिकेट वा कुनै पनि खेलमा नेपाललाई प्रतिनिधित्व गरेर हाम्रो देशलाई गर्व दिलाउन्।”
त्यसैगरी, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीले भनेः

“यस उत्कृष्ट पहलमा याङ्गो नेपालसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै खुशी छौँ। युवाहरूलाई खेलकुदतर्फ प्रोत्साहित गर्नु हाम्रो मूल मूल्यहरूमध्ये एक हो, र याङ्गोका पार्टनर ड्राइभरका बच्चाहरूसँग समय बिताउनु अत्यन्तै सन्तोषजनक अनुभव रह्यो।

उनीहरूको ऊर्जा र उत्साहले यस्ता कार्यक्रमहरू किन महत्वपूर्ण छन् भन्ने कुरा झन् प्रस्ट पारेको छ । आगामी दिनमा पनि हामी अझ बलियो समुदायमुखी कार्यक्रमहरू सँगै निर्माण गर्ने आशा गर्दछौं।”

prabhu mahalaxmi
kumari