stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। नेपाल वायुसेवा निगमले खाडी मुलुकमा जाने नेपाली श्रमिकका लागि विशेष छुट सहित नयाँ भाडादर लागू गरेको छ।

निगमले आज विज्ञप्ति जारी गर्दै निगमले रोजगारीका लागि दमाम, दोहा, दुबई र मलेसियाको क्वालालाम्पुर जाने श्रमिकको सहजताका लागि १० प्रतिशत विशेष छुट दिने निर्णय गरेको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “श्रमिक यात्रुहरूको सर्वसुलभताका लागि नेपालबाट तोकिएको गन्तव्यमा यात्रा गर्दा प्रत्येक उडानमा १० वटा सिटमा साविकको भाडामा १०५ विशेष सहुलियत दिने निर्णय गरेको छ।’

सो भाडादर श्रम मुलुकमा यात्रा गर्ने यात्रुले आवश्यक कागजात सहित निगमको नेपालस्थित कार्यालयका टिकट काउन्टरबाट सेवा लिन सक्ने जनाइएको छ। यसबाट श्रम मुलुकमा यात्रा गर्ने यात्रुलाई विशेष सुविधा, सहयोग तथा सहुलियत हुने विश्वास निगमले लिएको छ।

prabhu mahalaxmi
kumari