नेपालले आज कतारसँग अभ्यास खेल खेल्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटको दोस्रो खेलमा नेपाली क्रिकेट टोलीले आज कतारसँग खेल्दैछ ।

यो खेल ओमानमा बेलुका शुरू हुनेछ । यसअघि शनिबार भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ६ विकेटले हराएको थियो ।

टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोट खेल्न नेपाली टोली ओमान पुगेको हो । नेपालले विश्वकप छनोटको समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ ।

समूहको शीर्ष दुईमा रहने टोली सुपर–सिक्समा पुग्नेछ । सुपर–सिक्समा ६ टोलीमध्ये शीर्ष ३ मा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।

नेपाली टोलीले भर्खरै संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा भएको वेस्ट इन्डिजसँगको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको थियो । नेपाली टोली यूएईबाट विश्वकप छनोट खेल्न ओमान गएको हो ।

IME Lifesidebar
kumari