बीमा प्राधिकरण र नेपाल राष्ट्र बैंक आजदेखि खुल्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले बाढीका कारण दशैं बिदापछि पनि थप दुई दिन बिदा दिने निर्णय गरेकोमा बाढी हटेकोले आजबाट राजधानी काठमाडौं उपत्यकाका सहित पश्चिम क्षेत्रको बिदा खारेज गर्दै नियमित कार्य सुचारु गर्न निर्देशन दिइएको छ ।

सोही निर्णयको आधारमा नेपाल बीमा प्राधिकरण र नेपाल राष्ट्र बैंक आजदेखि खुल्ने भएको छ । नेपाल राष्ट्र बैंक र नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्डले आफ्ना कर्मचारीहरुलाई आजबाट कार्यालय खुल्ने एसएमएस पठाएर सूचित गरिसकेको छ ।

त्यस्तै, यस अवधीमा बन्द रहेका बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु समेत पूर्ववत रुपमा सुचारु हुनेछन् ।

IME Lifesidebar
kumari