sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

विश्वकप छनोट सुपर–३ चरणः नेपालले आज यूएईको सामना गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । थाइल्यान्डमा जारी आईसीसी महिला टी–२० विश्वकपका लागि एसियाली क्षेत्रको छनोट प्रतियोगिताको सुपर–३ चरणमा नेपालले आज यूएईको सामना गर्ने भएको छ । टेर्डथाई क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ०८ः४५ बजे सुरु हुनेछ ।

नेपाली टोली समूह ‘सी’ को विजेता बन्दै प्रतियोगिताको सुपर–३ चरणमा पुगेको हो । यता यूएई भने समूह ‘बी’ को विजेता र थाइल्यान्ड समूह ‘ए’ को विजेता बन्दै सुपर–३ चरणमा प्रवेश गरेका हुन् ।

आजको खेलमा नेपालले आफ्नो फितलो ब्याटिङ प्रदर्शन सुधार्न जरुरी छ । किनकी यसअघि समूहचरणमा पनि ब्याटिङकै कारण नेपालले अन्तिम समयसम्म कुरेर सुपर–३ चरणको चरणमा पुगेको थियो ।

युएईपछि नेपालले आफ्नो दोस्रो खेल मंगलबार थाइल्यान्डसँग खेल्नेछ । सुपर–३ चरणमा तीनवटै टोलीले एक–अर्कासँग एक–एक खेल खेल्नेछन् ।

दुई स्थानमा रहने टोली आगामी महिला टी–२० विश्वकपको विश्वस्तरीय छनोट प्रतियोगितामा प्रवेश गर्नेछन् । विश्वस्तरीय छनोट प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ ।

prabhu bank
nawakantipur long