कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ४ हजार ५२८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।बैंकले हाल कायम विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी उक्त शेयर बिक्रीमा ल्याएको हो ।
शेयर खरिद गर्न चाहने संस्थापक शेयरधनीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल, नक्साल वा बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । शेयरको मूल्य भने बिक्रेताले तोके बमोजिम हुनेछ ।