stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

रमेश सिलवाल पुनः राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं  । नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा रमेश सिलवाल पुनः नियुक्त भएका छन् ।
पदमुक्त भएको झण्डै तीन महिनापछि राखेप सदस्य सचिवमा पुनः नियुक्त भएका हुन् । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई चार वर्षका लागि सदस्य सचिवमा नियुक्त गरेको हो ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा याँ खेलकुद विकास ऐन २०७७ का आधारमा छनोट भएकाहरुको नाम मन्त्रिपरिषद्मा प्रस्ताव गर्नु भएको हो । राखेप सदस्य सचिव पहिलो पटक छनोटका आधारमा भएको हो ।

नयाँ ऐन अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सिफरिस समितिले पठाएको एक महिला सहित ३ जनाबाट सिलवाल सदस्य सचिव नियुक्त भएका हुन् ।

समितिले राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व कप्तान अन्जु श्रेष्ठ र नेपाल भलिबल संघका पूर्व उपाध्यक्ष नेकपाका नेता लिलबहादुर थापाको नाम सिफारिस गरेको थियो । पाँच वटा मापदण्ड पूरा गरेका २७ जनाले सदस्य सचिवका लागि आवेदन दिएका थिए ।

prabhu mahalaxmi
kumari