stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

सेलपे सेवा र रिलायबल लाइफ इन्सुरेन्सबीच सहकार्य

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले रिलायबल लाइफ इन्सुरेन्ससँग बिमा प्रिमियमको डिजिटल भुक्तानीको लागि सहकार्य गरेको छ ।

सहकार्य सम्झौतामा रिलायबल लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र सेलकम प्रा. लि. का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।

यस सहकार्य अन्तर्गत, अब रिलायबल लाइफका ग्राहकहरुले आफ्नो बिमा प्रिमियम तिर्न बैंक वा कार्यालय नै पुग्न पर्ने बाध्यता हटेको छ र सजिलै सेलपे एप वा वेब एप्लीकेसन प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

बिमा प्रिमियम तिर्न का लागि सेलपेमा आफ्नो खाता लिंक गरि सजिलै बिना कुनै झन्झट, कुनै पनि समयमा रकम तिर्न सकिने छ ।

यसका लागि तपाईंले सेलपेमा लगइन गरि बिमा अपसनमा क्लिक गर्नुहोस, रिलायबल लाइफ छनौट गरि आफ्नो पोलिसि नम्बर र जन्म मिति राखे पस्चात आफ्नो बिमा विवरण चेक गरि देखाएको प्रिमियमको रकम पे बटन थिच्नुहोस् र आफ्नो बिमा प्रिमियम भुक्तानी गर्नुहोस् । तपाईंको सम्पूर्ण भुक्तानीहरु ट्रान्सक्सोन हिस्त्री सेक्सोनबाट सजिलै हेर्न सकिनेछ ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ

बास्तविक समयमा भुक्तानी
बिना वालेट कारोबार गर्न सकिने
सरल एवं सुरक्षित
लोयल्टी पोइन्टस पाईने
सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, बिमा रकम भुक्तानी, इएमआई भुक्तानी, कोविड-१९ को बिमा रकम भुक्तानी तथा शेयर कारोबार, पीटुपी, पीटुबी, बीटुपी, बीटुबी आदि वास्तविक समयमा गर्न सकिन्छ ।

यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।

prabhu mahalaxmi
kumari