sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नेपालले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत आज म्यान्मारको सामना गर्दै

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौ । नेपालले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत आज म्यान्मारको सामना गर्दैछ  यो खेल दशरथ रंगशालामा साँझ ६ बजेदेखि शुरु हुने छ ।

प्रतियोगितामा नेपाल र म्यान्मार फाइनलमा पुगिसकेका छन् । नेपाल र म्यान्मारले यस अघिका आफ्ना दुवै खेलमा जित हासिल गरेर फाइनलमा आ–आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

नेपाल र म्यान्मार दुवैले लेबनान र किर्गिस्तानलाई पराजित गरेका हुन् । गोल अन्तरका आधारमा म्यान्मार अगाडी छ भने नेपाल दोस्रो स्थानमा छ ।

नेपालले लेबनान र किर्गिस्तान दुवैलाई १–० गोल अन्तरले पराजित गरेको थियो भने म्यान्मारले किर्गिस्तानलाई ५–० र लेबनानलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।

त्यस्तै आज यो खेलअघि लेबनान र किर्गिस्तान अपरान्ह १ बजेदेखि खेल्दैछन् । फाइनलबाट बाहिरिए पनि दुवै सान्त्वना जितको खोजीमा आजको खेल खेल्दै छन् । प्रतियोगिताको फाइनल खेल बुधबार नेपाल र म्यान्मारबीच नै हुने तालिका रहेको छ ।

gold
kumari bank
nawakantipur long