sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

एभरेष्ट बैंकले फागुन १८ देखि ३ अर्बको ऋणपत्र निष्कासन गर्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले फागुन १८ देखि ३ अर्ब रुपियाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रतिऋणपत्र १००० अंकित दरमा ३० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो ।

बैंकले कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । त्यस्तै ४० प्रतिशत अर्थात् १२ लाख कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको समेत सर्वसाधारणका लागि बिक्री गरिने बैंकले जनाएको छ ।

१० वर्षे अवधि तथा वार्षिक ७.५० प्रतिशत ब्याजदर भएको यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन यही फागुन १८ गतेदेखि २१ गतेसम्म दिनुपर्नेछ । २१ गतेसम्म पर्याप्त आवेदन नपरेमा म्याद चैत ३ गतेसम्मका लागि लम्बिने बैंकले जनाएको छ । उक्त ऋणपत्र निष्कासक तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

gold
nawakantipur long