stcnepal long ad
ime life insurance
global ime bank long

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज बिहीबार नेपाल र लेबनान भिड्दै

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज (बिहीबार) घरेलु टोली नेपाल र लेबनान भिड्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ।

पहिलो खेलमा किर्गिस्तानलाई १–० ले हराएको नेपाली टोली आजको खेलमा पनि सोही नतिजा दोहोर्‍याउने योजनामा छ।

नेपाली टोली लगातार दोस्रो जित निकाल्दै फाइनल खेल्ने सम्भावना बलियो बनाउन चाहन्छ।उता पहिलो खेलमा म्यानमारसँग ३–१ ले पराजित लेबनान पहिलो जितको खोजीमा हुनेछ। लेबनान नेपाललाई हराउँदै फाइनल खेल्ने सम्भावना कायम राख्न चाहन्छ।

प्रतियोगिताको पहिलो खेल जितेको म्यानमार शीर्ष र नेपाल दोस्रो स्थानमा छन्। अंक तालिकामा समान ३ अंक भए पनि गोल अन्तरमा नेपाल पछि परेको हो।

अंकविहीन किर्गिस्तान तेस्रो र लेबनान अंक तालिकाको पुछारमा छन्।आजै हुने पहिलो खेलमा किर्गिस्तान र म्यानमार भिड्दै छन्। सो खेल दिउँसो २ बजे सुरु हुनेछ। म्यानमार लगातार दोस्रो जितको खोजीमा छ भने किर्गिस्तान पहिलो जित चाख्न चाहन्छ।

हेड टु हेड
महिला फुटबलमा नेपाल र लेबनान एक वर्षको अन्तरालमा दोस्रोपटक भिड्न लागेका हुन्। यी दुई टोलीबीच गत वर्षको फागुनमा साउदीमा भएको वाफ महिला च्याम्पियनसिपमा भेट भएको थियो।

वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले लेबनानलाई २–१ ले हराएको थियो। लेबनान आजको खेलमा त्यो हारको बदला लिँदै नेपाललाई घरेलु मैदानमै स्तब्ध पार्न चाहन्छ। तर घरेलु मैदान र दर्शकको साथ पाएको महिला टोली उच्च मनोबलमा मैदान उत्रनेछ।

prabhu mahalaxmi
kumari