विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज फागुन ८ गते बिहीबार अन्तिम दिन हो ।
यस कम्पनीले साधारण सभा तथा लाभां प्रयोजनार्थ फागुन ९ गते शुक्रबार बुक क्लोज गर्दैछ । तसर्थ आज फागुन ८ गते बिहीबारसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई १४ प्रतिशत अन्तरिम नगद लाभांश (कर सहित) वितरण गर्दैछ ।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले फागुन २८ गते साधारण सभा पनि बोलाएको छ । साधारण सभा त्रिभुवन आर्मी अफिसर क्लब, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।