citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

सिद्धार्थ बैंक लिमिटेड, नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । क्रिकेट संघ नेपाल (क्यान) द्वारा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग २०२४ देखि २०२९ सम्म (५ वर्ष)को मुख्य प्रायोजकको रुपमा आवद्ध भएको छ ।

क्यानले कार्तिक ३० गते क्यानका पदाधिकारीहरु, बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडिया, सञ्चालक समितिका सदस्यहरु, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल, व्यवस्थापन समूह, बैंकको भगिनी संस्थाका अध्यक्षहरु र प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक सार्वजनिक गरेको थियो ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको प्रथम संस्करण आगामी मंसिर १५ देखि पौष ६ गतेसम्म कीर्तिपुर स्थित टी.यू अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ ।

नेपालको क्रिकेट जगतलाई थप उचाइमा पुर्‍याउने उद्देश्यका साथ सिद्धार्थ बैंक यस लिगसँग जोडिएको धारणा बैंकका अध्यक्ष मनोज कुमार केडियाले व्यक्त गर्नु भएको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृतले मन्तव्य प्रस्तुत गर्दै बैंकको यस समन्वयले नेपालमा क्रिकेटको स्तर नयाँ उचाइमा पु¥याइ देशको आर्थिक र सामाजिक विकासमा योगदान पुर्‍याउन मद्दत पुग्ने धारणा व्यक्त गर्नु भएको थियो ।

पछिल्ला दिनहरूमा क्रिकेट खेलले सबै उमेर समूहका मानिसहरूमा अत्यधिक लोकप्रियता प्राप्त गरेको र खेलभन्दा बढी राष्ट्रिय भावनाको रूपमा हेर्ने गरिएकोले पनि बैंक नेपाल प्रिमियर लिगको ५ वर्षको लागि मुख्य प्रायोजकको रुपमा जोडिएको हो ।

यस समन्वयले नेपालको क्रिकेट विकासमा योगदान गर्दै खेलाडीहरूमा प्रतिस्पर्धात्मक अनुभव प्राप्त गर्न मद्दत पु¥याउनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

gold
himalayan life insurance long ad