sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

नेपालले माल्दिभ्सलाई ११–० गोलले हरायो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ को आफ्नो दोस्रो खेलमा नेपालले आज माल्दिभ्स विरुद्ध गोलको वर्षा गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजेबाट सुरु भएको खेलको पहिलो हाफमा नै नेपालले पाहुना टोली माल्दिभ्स विरुद्ध ४ गोल गर्यो ।

खेलको पहिलो हाफ सकिदा नेपाल ४–० गोल अन्तरले अगाडि रहेको नेपालले दोस्रो हाफमा ७ गोल थप्यो र ११–० गोलअन्तर सहित नतिजा आफ्नो पक्षमा पार्यो ।

माल्दिभ्स विरुद्धको सानदार खेल प्रदर्शनमा रेखा पौडेलले पाँच, प्रीति राईले तीन तथा सवीता रानामगर, अनिता केसी र अमिशा कार्कीले समान एक गोल गरे । यो जितसंगै ४ अङ्क बनाएको नेपाल समूह बीको शीर्ष स्थानमा उक्लिएको छ ।

यसअघि समूह बी को पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । पहिलो खेलमा श्रीलंकासंग १–० गोल अन्तरले पराजित माल्दिभ्स भने अंकविहीन छ ।

यसैबीच आजै भएको पहिलो खेलमा श्रीलङ्कालाई ४–१ गोल अन्तरले हराउँदै भूटान विजयी भयो । अब समूह चरणको अन्तिम खेलमा बिहीबार नेपालले श्रीलंका र माल्दिभ्सले भुटानको सामना गर्नेछन् ।।

prabhu bank
nawakantipur long