stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

युरो २०२४ : सेमिफाइनलमा स्पेन र फ्रान्स भिड्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ  । आयोजक जर्मनी युरो २०२४ बाट शुक्रबार बाहिरिएको छ । स्पेनले अन्तिम आठको खेलमा जर्मनीलाई २–१ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

अब अन्तिम चारमा स्पेनको सामना फ्रान्ससँग हुनेछ । फ्रान्सले अर्को अन्तिम आठको खेलमा पोर्चुगललाई टाइब्रेकरमा ५–३ ले हरायो ।

स्टुटगार्टमा भएको खेलमा स्पेनका लागि मिखेल मेरिनाले अतिरिक्त समयको अन्त्यतिर निर्णायक गोल गरे । गोलरहित  बराबरीपछि  डानी ओल्मोले ५१ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । तर ८९ औं मिनेटमा जर्मनीका लागि जासुआ किमिचले जर्मनीका लागि बराबरी गोल गरे ।

यससँगै खेल अतिरिक्त समयमा गएको थियो । त्यसमा पनि एक मिनेटको खेल बाँकी छँदा प्रतिस्पर्धा टाइब्रेकरमा जाने सम्भावना देखिएको थियो ।

तर ओल्मोले हेडबाट गोल गरे र आफ्नो टिमलाई जित दिलाए । यससँगै स्पेनको चौथो पल्ट युरोको उपाधि जित्ने सम्भावना कायम रह्यो ।

ह्याम्बर्गमा फ्रान्सले क्रिस्टियानो रोनाल्डोको युरो जित्ने सपनालाई टुंग्याएको थियो । निर्धारित र थपिएको समयको खेल पनि गोलरहित रहेपछि खेल टाइब्रेकरमा गएको हो ।

पोर्चुगलका लागि पेनाल्टी सुटआउटमा जाओ फेलिक्स गोल गर्न चुके । फ्रान्सको पाँचै पेनाल्टी गोलमा परिणत भएको थियो ।

थिओ हर्नान्डेजले विजयी टिमका लागि अन्तिम तथा निर्णायक प्रहारलाई गोलमा परिणत गरे । जर्मनी र फ्रान्सबीचको अन्तिम चारको खेल मंगलबार हुनेछ । शनिबार इंग्ल्यान्ड र स्विटजरल्यान्ड तथा नेदरल्यान्ड्स र टर्कीबीच अन्तिम आठको खेल हुनेछ ।

prabhu mahalaxmi
kumari