stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बायर्नसँग रियल म्याड्रिड पराजित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

चोट मुक्त भएर फर्किएका हेरी केनले शानदार गोल गर्दै बायर्न म्युनिखलाई च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो खेलमा रियल म्याड्रिडविरुद्ध २-१ को अग्रता दिलाए।

केनले चोटका कारण जापानसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र फ्रेबुर्गविरुद्धको बुन्डेसलिगा खेल छुटाएका थिए। पहिलो हाफमा उनी धेरै सक्रिय थिएनन्। तर लुइस डियाजले ४१ औं मिनेटमा गरेको गोलको बिल्ड अपमा सहभागी भए।

दोस्रो हाफको पहिलो मिनेटमा नै केनले गोल गरे। उनको प्रहार रोक्ने रियलका गोलकिपर एन्ड्री लुनिनले मौकै पाएनन् । बायर्नका अनुभवी गोलकिपर मानुएल नोएरले ४ वटा उत्कृष्ट बचाउ गरे।

खेलको ६० औं मिनेटमा रियलले जुड बेलिङघाम लाई मैदानमा उतार्यो। जसले छोटो समयमै राम्रो प्रदर्शन गरे।
७४ औं मिनेटमा रियलका ट्रेन्ट अलेक्ज्यान्डर-अर्नोल्ड ले गरेको क्रसमा केलियन एम्बाप्पेले गोल गरे।

हाभर्ट्जको गोलमा आर्सनलको जित

काइ हाभर्ट्जले इन्जुरी समयमस गोल गर्दै आर्सनललाई च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो खेलमा स्पोर्टिङविरुद्ध १-० को जित दिलाए।

दोस्रो हाफमा मैदानमा प्रवेश गरेका हाभर्ट्जले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरे। यसले आर्सेनललाई अर्को हप्ता एमिरेट्स स्टेडियममा हुने दोस्रो खेलको लागि फाइदा दिलायो।

यसअघि आर्सनल दुई खेल लगातार हारेको कारण दबाबमा थियो। खेलको सुरुमै स्पोर्टिङले काउन्टर एट्याकमा खतरा बनायो, तर आर्सेनलले पहिलो हाफमा धेरै बल राखे पनि गोल गर्न सकेन।

दोस्रो हाफमा स्पोर्टिङले पनि मौका पायो तर गोल गर्न सकेन। खेलको अन्त्यतिर हाभर्ट्जले विजयी गोल गरे। यो जित आर्सेनलको ३ खेलपछिको पहिलो जित हो ।

prabhu mahalaxmi
kumari